पन्नामा तिमी बाँच्दिनौ त्यो थाहा छ
तर पन्नै मा तिमीसँग भेट्ने रहर छ ।
कति कुरा अनभिज्ञ छु म आज
तिम्रो हरेक चाहाना बुझ्ने रहर छ ।
पंछि भै उड्नु मन छ सँगै आकाश छुन
उड्दा उड्दै मलाई भुल्छौकी भन्ने डर छ ।
अमल रहेछ जिन्दगी जति बाँचेनी नपुग्ने
झन तिमी थपियौ, तिमी अनि गोधुली प्रहर छ ।
देखावटी बनावटी यो दुनियालेपनि कति जाँचेको
आऊ सँगै भागौ यहाँ बाट मेरो आफ्नै सहर छ ।
मायाकै कुरा गर्छौ भने तारा कम होला
चोखो माया मेरो प्रेमपुञ्जको लहर छ ।
जमिन राइृ
भक्तपुर
No comments:
Post a Comment