Thursday, January 25, 2024

दुष्ट सिंह र बुद्धिमान खरायो


एउटा जंगलमा एउटा बलियो सिंह बस्दथ्यो । त्यो सिंह साहै कठोर र निर्दयी स्वभावको थियो । सिंहको बाटोमा जोसुकै अउँथ्यो, उसले त्यसलाई मारिदिन्थ्यो । चाहे सिंह भोको होस या नहोस सिंहले त्यो जनावरलाई मारिदिन्थ्यो ।
एकदिनको कुरा हो सबै जनावरहरु भेला भए र सिंहको सामू गए । उनिहरुले सिंहलाई भने कि हामी हरेक दिन तपाईको भोजनको लागि एक जनावर उपस्थित हुनेछौँ, यसको बदलामा यसरी मनपरि जनावरहरुलाई मार्न छोडिदिनुहोस । जनावरहरुको कुरामा सिंहले पनि सहमति जनायो ।

यसरी हरेक दिन एउटा एउटा जनावर सिंहको आहारा हुन जान पथ्र्यो । उता सिंहले पनि हरेक दिन एउटा एउटा जनावर आहारा हुन आउने भएकोले जथाभावी जनावरहरुको शिकार गर्न छाड्यो । 

एक दिनको कुरा हो सिंहको आहारा हुने पालो एउटा खरायोको थियो । खरायो बुद्धिमान थियो । उसले सिंहको आहारा बन्ने दिन ढिला मात्र उसकहाँ पुग्यो । यो देखेर सिंह गर्जिदै ढिला आउनुको कारण सोध्यो ।

खरायो निडर भएर भन्न थाल्यो , माहाराज तपाईले त यो जंगलको राजा तपाई हो भन्नु भएको थियो । तर एउटा अर्को सिंहले मलाई आज म यो जंगलको राजा हुँ भन्दै मलाई खान आँटेको थिायो । म मुस्किलले ज्यान जोगाएर यहाँ तपाई सामु आइपुगे । त्यहि भएर ढिलो भयो माहाराज । माफि पाऊँ । 

सिंह रिसाउँदै गजियो यो जंगलको राजा त म हुँ । फेरी कहाँबाट आयो अर्को राजा । मलाई त्यसको सामु लैजाऊ । आज त्यसको अन्तिम दिन हुनेछ । खरायो पनि कुटिल हाँसो निकाल्दै त्यो सिंहलाई एउटा इनार अगाडि लगेर भन्यो । माहाराज त्यो सिंह त्यस इनार भित्र बस्छ । सिंहले इनारभित्र हेर्यो । नभन्दै उसले आफ्नो छाँयारुपी अर्को सिंह देन्यो । उसले त्यो छाँयालाई अर्को सिंह ठानेर झम्टियो । अनि पानीमा डुबेर मर्यो । 


सिंह मरेको दिन देखि जंगलका सबै जनावरहरु खुसी भए र खरायोलाई धन्यबाद दिए । 

No comments:

Post a Comment