Tuesday, September 28, 2021

एकसुर यात्रीलाई के मतलब ?

जमिन राई

 कहिले लाग्छ जीन्दगीमा गर्नै नपर्ने कुरा गरिरहेछु हिड्नै नपर्ने बाटाहरु हिडिरहेछु बीचबीचमा प्याच्च पुच्च फाइदा लिने पनि भेटिन्छन एकसुर यात्रीलाई के मतलब ?

आफैभित्र आफू खोज्न त नपर्ने हो
तर बिबस समय पनि के गर्न सक्छ र
तीन छक्क पर्दो हो, लाज लुकाउने बाटो हेर्दै
एकसुर यात्रीलाई के मतलब ?
पराल हो जीन्दगी, काँटी कोर्न मात्र बाँकी
भताभुङ्ग छन आशारुपी महल,
यही जूनी हो कि अर्को थाहा छैन
एकसुर यात्रीलाई के मतलब ?
खाँबो हुला कसैको लागि
टिक्नै छ , टिकउँनै छ र टिक्दैछ
रोदन देखाउन पो सक्दिन, हाँसोले त सत्कारेकै छु
तर एकसुर यात्रीलाई के मतलब ?
आऊ बिसाऊ तिम्रो दुःख म बोकिदिउँला
जमिन हूँ म जमिन सबैको भारी मिहिन छ
फुटपाथ पनि छ महल पनि छ सबै मेरो गुण
एकसुर यात्रीलाई के मतलब ?
मनका छाल त केबल हावा बन्छन ति त कणसरी
केबल नाम भनेर पनि दौडिन्छन कोहि
दाम के हो र ? आखिर लिला सिमित न हो
त्यो पनि एकसुर यात्रीलाई के मतलब ?
पखाला देखि अमृत्वको औषधी बन्ला
भावनाको नियन्त्रण होला, विष बन्ला, चन्द्रमा छोला
सबै पत्ता लगाउन सजिलो, आफै पत्ता लगाउने कहिले ?
निरन्तर बग्दै गरेको एकसुरे यात्रीलाई के मतलब ?

No comments:

Post a Comment